चितवन ।
सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनको बाढी ग्रस्त क्षेत्र निरीक्षण गरेका छन् । नारायणी नदीले कटान गरेको मेघौली र माडीमा अध्यक्ष दाहालले निरीक्षण गरेका हुन् ।
मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको उनले स्थानीयलाई बताए । अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग शनिबार बैठक भएपनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको बताए । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन(३ अन्तर्गत पर्दछ ।
प्रतिक्रिया