म्याग्दी ।
म्याग्दीमा पहिरोमा पुरिएका ३४ जनामध्ये १८ जनाको शव भेटिएको छ । धवलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपालिका ७ को बिममा गएको पहिरोमा परेर हराएकामध्ये १८ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । मराङमा १० जना र बिममा आठ जनाको शव भेटिएको हो ।
मराङमा पहिरोमा पुरिएकामध्ये रिखामा बेपत्ता भएकाहरुमध्ये सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीका १८ वर्षीय छोरा प्रकाश केसी गरी १० जनाको शव भेटिएको हो ।
यस्तै बिमको पहिरोमा पुरिएकामध्ये विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, र उहाँका तीन महिनाको छोरा तथा विष्णु नेपाली र सन्दीप नेपाली गरी आठ जनाको शव भेटिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।
अहिले पहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम भइरहेको छ ।
२७ असार २०७७ शनिबार ००:००
0
Shares
प्रतिक्रिया