१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यातायात व्यवसायीले आन्दोलन गरे पनि साझा यातायातले बस चलाउने



काठमाडौं ।
सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने भएको छ । साझा यातायातले केही दिनभित्रै बस चलाउनेगरी तयारी थालेको हो ।
साझाले साउन १ देखि बस चलाउने तयारी गरिरहेको जानकारी दिएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले छोटो दुरीमा साझा बस गुड्न तयार भएर बसेको भन्दै तस्बिर ट्वीट गरेका छन् ।
‘सरकारले तोकेको मापदण्ड बनाई साझा यातायात सञ्चालनको लागि तयारी भैरहेको छ,’ साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले भने, ‘साउन १ देखि साझा यातायात चलाउने प्रयास गरेका छौं। हाम्रो तयारी पूरा भयो भने नियमित रुटमा गाडी चलाउँछौं।’ उनले करिब ४ महिनादेखि बन्द रहेका गाडी ‘मेन्टेन’ गरेपछि मात्रै चल्नसक्ने बताए ।
यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन् । व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् ।

https://twitter.com/KanakManiDixit/status/1281809771587186688?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1281809771587186688%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fsociety%2F31932-2020-07-11-05-56-02

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  १ : ३३ बजे