१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पाल्पामा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३०३ पुग्यो



पाल्पा ।
पाल्पामा अहिलेसम्म पुष्टि भएका ५ सय ४९ जना कोरोना संक्रमितमध्ये ३ सय ३ जना निको भएर घर फर्किएका छन् । शुक्रबार र शनिबार मात्रै पाल्पामा २ सय ५६ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनामुक्त घर फर्किनेहरुमा सबैभन्दा धेरै रामपुर नगरपालिकाका १ सय ६ जना छन् ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय ४९ पुगेको छ । बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । पूर्वखोला, सिलुवाका ४५ वर्षीय एक जना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  १ : ०२ बजे