१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सप्तकोशीमा बाढीले उच्च जोखिमको तह नाघ्यो, ३८ ढोका खोलियो



काठमाडौं ।
सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ। तर भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएका छन्‌। अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ। शनिबार बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ। पानीको सतह निरन्तर बढिरहेको र खतराको उच्च तहमा पुगेको हो।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  १२ : १९ बजे