१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मुग्लिन–नारायणगढ सडकमा नियमित रुपमा सवारी सञ्चालन



काठमाडौँ ।
लगातार वर्षा भए पनि काठमाडौँ भित्रने मुख्य नाकाको रुपमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालन भइरहेको छ । लगातार पानी परे पनि सडकखण्डको कुनै पनि क्षेत्रमा पहिरो नगएको मुग्लिन प्रहरीले जनाएको छ।
लगातार पहिरो जाने गरेको चारकिलो भन्ने स्थानमा पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाकारी दिएको छ । पहिरो गइहालेमा हटाउनका लागि साधनहरु तयारी अवस्थामा रहेको मुग्लिन–नारायणगढ सडक आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  ९ : १३ बजे