१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उर्लियो सेती नदी, शुक्लागण्डकीमा तनाव, २१३ जनाको उद्धार




काठमाण्डौँ ।

बिहीबारदेखि परेको अविरल वर्षाले सेती नदी उर्लिएको छ। यसले पोखराको रामघाट तालजस्तो देखिएको छ। रामघाटबाट पानी निकास हुने सेती नदीको खोँच निकै साँघुरो भएकाले त्यहाँ पानीको सतह बढेको छ।पोखराबाट तनहुँ पुगेर मादी नदीमा मिसिने सेती नदीले शुक्लागण्डकीमा भने तनाव दिएको छ। नदीमा पानीको बहाव बढेर शुक्लागण्डकी नगरपालिका, वडा नम्बर ४ र ८ मा रहेका घर–टहरामा पानी छिर्न थालेको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए।

सेती नदीको जोखिम बढेपछि बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय प्रमुख र शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि घटनास्थल पुगेका थिए।
जोखिममा रहेका शुक्लागण्डकीका नागरिकलाई अहिले स्थानीय गुरुङ समाज, मगर समाज र तिब्बतियन क्याम्पमा सारिएको छ। उनीहरूलाई बस्न नगरपालिकाले व्यवस्था मिलाएको छ।

शुक्लागण्डकी नगरापलिका वडा नम्बर ४ बाट २९ घरमा बस्ने १५३ जना र वडा नम्बर ८ बाट १४ घरका ६० जना गरी २१३ जनालाई उद्धार गरेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  ८ : ३८ बजे