काठमाण्डौँ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को असर नभएको ठाउँमा विद्यालय खोल्ने तयारी गरेको छ । सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात खुलाउने निर्णय गरेसँगै सरकारले बन्द रहेका विद्यालय पनि खुलाउने तयारी गरेको हो ।
‘शैक्षिकसत्र चलाउने विषयमा छलफल सुरु भएको छ,’ शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा।तुलसी थपलियाले भने, ‘जोखिम नभएको र स्वास्थ्य संकट नआउने भयो भने विद्यालय खोल्न सकिन्छ ।’
विद्यालय कसरी खोल्ने रु के– के गर्ने भन्ने विषयमा स्रोत केन्द्रका उपमहानिर्देशक अनप्रसाद न्यौपानेको कार्यदलले प्रतिवेदन पनि बनाएको छ । कार्यदलले प्रतिवेदन सरकारलाई बुझाइ सकेको छ ।
प्रतिवेदनमा देशैभर एकै पटक विद्यालय खोल्न सकिने अवस्था नरहेको उल्लेख छ । संक्रमणको जोखिम कम भएको ठाउँमा सावधानी अपनाएर विद्यालय खोल्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘देशैभर एकैपटक विद्यालय खोल्न सकिदैन,’ महानिर्देशक थपलियाले भने, ‘जोखिमको आधारमा विद्यलाय खोल्ने दिन पनि फरक पर्छ । क्रमश खोल्दै जानुपर्छ । तर कहिले खुल्ने भन्ने मिति तय भएको छैन । तर दैससम्म नजाओस् भन्ने छ ।’
कोरोना भाइरसका कारण विद्यलाय बन्द भएपछि १ असारदेखि सरकारले वैकल्पिक शिक्षण सिकाइ सुरु गरेको थियो । तर त्यो प्रभावकारी नभएको रिपोर्टहरु जिल्ला जिल्लाबाट आएका छन् । केही स्थानीय तहमा राम्रो भए पनि अधिकांशमा प्रभावकारी भएको छैन ।
‘वैकल्पिक शिक्षण सिकाइको समिक्षा भएको छ,’ महानिर्देशक थपलियाले भने, ‘कतै सफल भएको छ । कतै प्रभावकारी नभएको रिपोर्ट आएको छ । पहाडी जिल्लामा खेतीपातीको समय भएका कारण कराण विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा जोडिएका छैनन् ।’
प्रतिक्रिया