मायादेवी अनलाइन, चार नम्बर ।
राष्टिय यातायात ब्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले यातायात ब्यवसायीसंग सल्लाहा नै नगरी गरिएको निर्णय खेदजनक भएको बताउनु भएको छ । सरकारले हचुवाको भरमा सार्वजनिक यातायात चलाउने भनेर निर्णय गरे पनि यसको विषयमा आफूहरुलाई कुनै लिखित जानकारी नआएको बताउनु भयो ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको शुक्रबार विहानको विहानी कार्यक्रम समय संबादसंग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हामीले खाना खाँदै थियौँ, बिभिन्न मिडियाले भने, सार्वजनिक खोल्ने सरकारले निर्णय गर्यो । हामीलाई यसबारे कुनै लिखित जानकारी पनि आएको छैन । सरकारको यस्तो निर्णयले देशभरका यातायात ब्यवसायी दुखी छौँ ।’
आधा यात्रु राख्ने, ५० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय हचुवाको भरमा आएको उहाँको भनाई छ । यही आधारमा गाडी चल्दैनन्, उहाँले भन्नुभयो हाम्रो वैठक बस्दैछ । साँझसम्म हाम्रो आधिकारिक निर्णय आउँछ । अहिले पनि हामी ठुलो अन्यायमा परेका छौँ ।
आफूहरुले सार्वजनिक सवारी खोल्न सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि लत्याएको भन्दै अन्त्यमा सरकारले असाध्यै अब्यावहारिक निर्णय गरेको बताउनु भयो । उहाँले प्रश्न गर्नभयो, सरकारले भन्दैमा ग्यारेजमा थन्किएका गाडी कसरी चलाउनु ? वर्कसपहरु बन्द छन्, मिस्त्री छैनन्, कतिका सवारी चालक प्रमाण पत्रको म्याद सकिएको छ ।
पुलिसले पक्रिहाल्छ, कसरी गाडी चलाउनु ?कोभिडको मारमा यातायात ब्यवसायीले गरेको योगदानलाई भुलेर सरकारले निर्णय गरेको भन्दै आफूहरुले नमान्ने उहाँले बताउनु भयो ।
आफूहरुले राखेका चारपाँच बुँदे माग एउटा पनि सम्बोधन नगरी सरकारले एकतर्फी यो निर्णय गरेको हुँदा सरकारले भन्दैमा कुनै गाडी चलाउने अवस्थामा ब्यवसायी नभएको उहाँका तर्क छ । उहाँले जनताको स्वास्थ्यसंग पनि सरकारले खेलवाड गरेको बताउनु भयो ।
सरकारले विहिबार मात्र ५० प्रतिशत भाडा बृद्धि गरेर, सवारी क्ष्मताको आधा मात्र अटाउनेगरी छोटा सवारी चलाउने निर्णय गरेको थियो । लामो दुरीका सवारी साधन चलाउने बारे सरकारले अझै निर्णय गरेको छैन । तलको लिंकमा पुरै अन्र्तवार्ता सुन्न सक्नु हुने छ ।
प्रतिक्रिया