मायादेवी अनलाइन, चार नम्बर ।
नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याबसन नेपाल कपिलवस्तुले लकडाउन अवधिभरको कुनै शुल्क नलिने निर्णय गरेको छ ।
प्याब्सन कपिलवस्तुका अध्यक्ष शिव गैरे र सचीव गोपाल प्रसाद पाठकले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै बन्दाबन्दी अवधिभरको कुनै शुल्क नलिने निर्णय भएको बताउनु भएको छ । प्याब्सनले बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा कुनै पनि शुल्क नलिएको स्पष्ट पार्दै अबको दिनमा पनि नलिने प्रतिबद्धता जनाएको छ ।
सचिव पाठकले चैत्रसम्म शिक्षक र कर्मचारी विद्यालय आएको र केही काम भएको बताउँदै सो महिनाको शुल्क लिने र असारसम्मको कुनै शुल्क नलिने मायादेवी अनलाइनलाई बताउनु भयो ।
अनेरास्ववियु (क्रान्तिकारी) लगायत अभिभावकबाट यो अवधिभरको कुनै शुल्क लिन नहुने भनेर दबाब आएकोमा प्याबसनले यो निर्णय गरेको हो ।
प्रतिक्रिया