१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको शिवराजका विद्यालयमा पठनपाठन सुरु,विद्यार्थीले एक अर्कालाई छुन नपाउने



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको शिवराज नगरपालिकाका केही विद्यालयले पठनपाठन सुरु गरेका छन् । कोरोना संक्रमणका कारण पठनपाठन हुन नसकेको अवस्थामा शिवराज नगरपालिकाका दुई विद्यालयले विहिबारदेखि उच्च सावधानीका साथ पठनपाठन सुरु गरेका हुन् ।

आदर्श मावि पिपरी र समयथान मावि खरेन्द्ररपुरले विद्यार्थी र अभिभावकलाई केही सिमामा बाँध्ेर अनिवार्य सामाजिक दुरी कायम गरी पठन पाठन सुरु गरेको जनाइएको छ । लक डाउन खुकुलो भएको अवस्थामा अब विद्यालय पनि संचालन गर्नै पर्ने बाध्यता आएको हुँदा कोरोना संक्रमण नहुने गरी पठनपाठन सुरु गरिएको विद्यालयले जनाएका छन् । उनीहरुले कक्षामा सेनेटाइजर पनि ब्यवस्थापन गरेका छन् ।

विद्यालयमा आउँदा मास्क लगाएर आउनु पर्ने, बाटोमा आउँदा र विद्यालयमा कोहीसंग छोइन नहुने, विद्यालयले तोकेको बेन्चमा बस्नु पर्ने, साबुन पानीले हात धुनुपर्ने लगायतका सिमाहरुलाई विद्यार्थीहरुले पालना गर्नु पर्ने छ । यस्तै बालबालिकालाई रुघाखोकी लागेमा या ज्वरो आएमा विद्यालय नपठाउन र अनिवार्य रुपमा मास्कको ब्यवस्था गरिदिन अनुरोध गर्दै विद्यालयमा पठनपाठन सुरु गरिएको विद्यालयले जनाएका छन् ।

यस्तै बुद्धभूमि नगरपालिकाले गाउँगाउँमा समुह निर्माण गरी कक्षा सुर गरेका छन् । १० जनाभन्दा तलको लागि एक समुह र १० जनाभन्दा माथि विद्यार्थी भएमा अर्को समुह बनाई शिक्षकले पढाइरहेका नगर प्रमुख केशव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ असार २०७७ बिहिबार ००:००  ८ : ०० बजे