१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नेसनल प्याथ ल्याब बुटवलले पिसिआर परीक्षणको अनुमति पायो



बुटवल ।
नेसनल प्याथ ल्याब बुटवलले कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ‘निजी प्रयोगशाला कोभिड–१९ को मोलिक्युर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को सबै मापदण्ड पूरा गरेपछि नेसनल प्याथ ल्याबले पिसिआर परीक्षणका लागि स्वीकृति पाएको हो ।

पिसिआर परीक्षणका लागि बायोसेफ्टी लेबल २ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए। बुटवल–१२ बेलबासस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सहयोगमा ल्याब स्थापना गरिएको उनले बताए ।
उक्त प्रयोगशालाले दैनिक न्यूनतम क्षमता ३ सयदेखि ४ सय परीक्षण गर्नसक्ने क्षमता रहेको ल्याबले जनाएको छ । पिसिार ल्याबका दक्ष प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट तथा ल्याब टेक्निसियन रहेका छन् ।
पिसिआर परीक्षणका लागि अनुमति पाए पनि ल्याबले सरकारले उपलब्ध गराएको नमुना मात्रै परीक्षण गर्ने र भुक्तानी पनि सरकारले नै दिनेछ ।

प्रकाशित मिति : २५ असार २०७७ बिहिबार ००:००  ७ : ११ बजे