चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
दुवै मृगौल पीडित बाणगंगा ४ झुँगाका हरि न्यौपानेलाई आर्थिक सहयोग जुटने क्रम जारी रहेको छ । मायादेवी रेडियो र अनलाइनले हरिको समस्यालाई प्राथमिकता दिएर खबर प्रकाशन प्रसारण गर्न सुरु गरेपछि उनलाई सहयोग गर्नेहरु देशविदेशबाट दिनदिनै बढ्न थालेका छन् ।
यसै क्रममा बिभिन्न संघसंस्था, ब्यक्ति र गाउँबाट बुधबार एकैदिन साढे २ लाख रुपैयाँ संकलन भएको छ । झुँगा निवासी हरिकी सानिमा लोकीस्वर रेग्मीले हरिको उपचारको लागि भन्दै ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । यस्तै अमेरिका निवासी बनगाईकी भूमा न्यौपानेले १६ हजार, झुँगा कुलापानी समितिले १० हजार, हङकङ निवासी झुँगाकी बसन्ती ठकुरीले १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।
यसैगरी कञ्चन गाउँपालिका भैसाहीबाट हरिका आफन्त तथा शुभेच्छुकले ४५ हजार बढी आर्थिक सहयोग गर्नु भएको छ । टिकाराम सापकोटा, ज्ञानिश्वर पौडेल र चन्द्रकान्त भट्टराईको सकृयतामा सो गाउँबाट ४५ हजार ८ सय २५ रुपैयाँ जुटाउनु भएको हो । सो रकम आफ्नै घरमा आएर उहाँअरुले दिनुभएको मृगौला पीडित हरि न्यौपानेले बताए ।
यसैगरी शान्तिश्री युवा क्लव वैरियाका स–साना बालबालिकाबाट ४ हजार पाँच सय, ४ नम्बर निवासी समाजसेवी अनन्तराम रेग्मीबाट ५ हजार, झुँगाका इन्सपेक्टर विष्णु रेग्मीबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।
यसैगरी बाणगंगाका बिभिन्न स्थानबाट रोजगारीको लागि कोरेरिया गएका हरिका साथी तथा शुभेच्छुकहरुले हरिको उपचारको लागि १ लाख बढी संकलन गरेर पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
उनीहरुले संकलन गरेको १ लाख १ हजार रुपैयाँ हरिको घरमै गएर झुँगा निवासी हाल कोरिया रहेका कमल गौतमका बुबा निमलाल गौतमले हरिको घरमा आएर दिनु भएको हो । यसरी कोरियाबाट सहयोग गर्नेहरुमा कमल गौतमसंगै रामु ढकाल, हरि ढकाल, भीम पौडेल, लक्ष्मण गौतम , मिलन पाण्डे, देवराज बेलबासे, केशव पाण्डे, अम्बिका ज्ञवाली, कृष्ण अर्याल, पंकज भट्टराई, तेज खनाल, रामु उपाध्याय, सागर कुँवर लगायत रहनु भएको छ । उहाँहरुले मायादेवी अनलाइन तथा रेडियोबाट अरिको अवस्थाबारे जानकारी थाहा पाएपछि रकम संकलन गरेको बताउनु भएको छ ।
सहयोग रकम ग्रहण गर्दै मृगौला पीडित हरि र आमा मनकला न्यौपानेले पौडेल परिवारलाई धन्यबाद दिनुभयो । २७ बर्षे हरि न्यौपानेले छिटो मृर्गौला प्रत्यारोपण गर्ने अवस्था रहेकाले आफूलाई जतिसक्दो चाँडो मोटो रकम जुटाउनु पर्ने बाध्यता रहेको बताइरहेका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएपछि विदेश गएर फर्केका हरिलाई एक्कासी मृगौलासम्बनिध समस्या आएको हो । बुबा र दाजुलाई गुमाएका हरिका दुवै मृगौलाले काम गर्दैनन् । अहिले आमा, श्रीमती र बहिनीको साहारामा हरि बाँचिरहनु भएको छ ।
उनीहरुको जग्गा जमिन पनि नभएको हुनाले मृर्गौलाको उपचारमा लाग्ने मोटो रकम जुटाउन सकस परिरहेको छ । सो परिवारलाई बिभिन्न संघसंस्था र ब्यक्तिले अहिले सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया