काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलिने बताएको छ । लकडाउन अवधि चैत, बैशाख, जेठ र असारको विजुलीको भुक्तानी गरे जरिवाना नलाग्ने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिले आंशिक लकडाउन गरेको छ । यस्तै प्रकृत्तिको लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिइएको छ । सबै खालका ग्राहकले साउन सातभित्र महसुल तिरेमा जरिवाना लाग्ने छैन ।
२५ असार २०७७ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया