नेपालगञ्ज ।
नेपालगञ्जका व्यवसायीले आगामी मौद्रिक नीतिमा व्यवसायीको माग सम्बोधन गर्न दबाब दिएका छन्। नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा व्यवसायीले नेपाल राष्ट्र बैंकलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । त्रिभुवनचोकस्थित कार्यालयबाट व्यवसायिक हकहितका नारा लगाउदै व्यवसायीहरु धम्बोझीमा रहेको राष्ट्र बैंकको कार्यालयमा पुगेका थिए ।
व्यवसायीहरुले बैंकहरुले सहुलियत कर्जा तथा आकस्मिक कर्जा तत्काल सरल प्रक्रिया अपनाई तोकिएको भन्दा बृद्धि गर्नुपर्ने, व्यवसायीलाई लक्षित गरी सहुलियत ब्याजदर तीन प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, विद्यमान सबै ऋणलाई दुई वर्षको लागि ब्याज र किस्तालाई पूँजीकरण गर्ने र दुई वर्षभित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था गर्ने, मासिक, त्रयमासिक किस्ताहरुको भुक्तानी अवधि कम्तिमा ६ महिनासम्म स्थगित गर्ने व्यवस्था तथा अन्य कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि ५ वर्षसम्म कायम गर्नुपर्ने माग गरेका छन् ।
२५ असार २०७७ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया