सुरेन्द्र परियार, मुर्गिया ।
सैनामैनाका दलित समुदायहरुको एक भेलाले औपचारिक रुपमा दलित सञ्जाल सैनामैना गठन गरेको छ ।केही दिन अघि सुरज बरालको संयोजकत्वमा बनेको तदर्थ समितिले आजदेखि पुर्णता पाएको हो । सुरज बरालको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति बनाइएको छ ।
जसको प्रथम उपाध्यक्षमा कुमार नेपाली,उपाध्यक्ष अम्बिका परियार,सचिबमा सुरेन्द्र परियार, सह सचिबमा राम विश्वकर्मा,कोषाध्यक्षमा मन कुमारी विक , सह-कोषाध्याक्षमा अस्मिता विक रहनुभएको छ भने सदस्यहरुमा जयलाल विक,गंगा विक, समुद्ध नेपाली, राम बहादुर सुनार, श्री परियार, सुमन गुइदाल, सिता पर्टेल,हिरा परियार,बिजय गजमेर,खड्क बहादुर विक, सुनिता परियार, गिता दर्जि, रुद्ध बहादुर सुनार,मनु विक, तिलक नेपाली, टेक बहादुर विक, अर्जुन रणपाल, निम बहादुर नेपाली, जुना सुनार, बिमल परियार, मनिषा सुनार, केशव बिश्वकर्मा रहनुभएको छ ।
यसैबिच, सोही कार्यक्रम मार्फत ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । जसमा नर बहादुर सुनार, पुर्ण बहादुर विक,भुवनसिहं बराल, तिल बहादुर सुनार र सन्तोष परियार रहनुभएको छ ।
सैनामैना ८, रामापुरस्थित सत् चिन्तन सामुदायिक प्रतिष्ठानमा भएको सो कार्यक्रममा सहभागिहरुले नेपाली समाजमा रहेको जातिय विभेद बिरुद्धको अभियान र समतामुलक समाज निर्माणमा अगाडी बढ्ने बताएका छन् । उनिहरुले देशमा पछिल्ला समयमा भएका जातिय बिभेदका घटनाले अझैपनि समाज परिर्बतन हुन नसकेको बताउदै त्यसका लागी संगठानात्मक एकता सहित लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै संजालका नबनिर्वाचित अध्यक्ष सुरज बरालले सैनामैनामा दलित समुदायका निम्ति गठन गरिएको संजालले सभ्य समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले जातिय बिभेद बिरुद्धको अभियान, समतामुलक समाज निर्माणका लागी आगामी दिनमा कार्ययोजना सहित लाग्ने बताए ।
आफ्ना हक अधिकारका लागी सांगठनिक एकता हुनुपर्नेमा जोड दिदै, अब बनेको समितिले वडा तथा टोल देखि देशैभरि संगठन विस्तार तर्फ अघि बढ्ने बताए । कार्यक्रममा सैनामैना नगरपालिका का दलित जनप्रतिनिधिहरु राम बहादुर विक, निनादेवी सुनार, कुल बहादुर विक,मिरा बिक,मायादेवी विक,इनमाया विक,दलित अधिकारकर्मी नर बहादुर सुनार, सैनामैना सुनचादी व्यबशायी संघका निबर्तमान अध्यक्ष भुवनसिंह बराल, नेपाल कपडा तथा सिलाइ व्यबशायी संघ सैनामैनाका पुर्व अध्यक्ष अर्जुन रणपाल लगायतले बोलेका थिए । सो कार्यक्रममा नर बहादुर सुनारको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मन्डल गठन गरिएको थियो जसको सदस्यहरुमा भुवन सिंह बराल र सन्तोष परियार रहनुभएको थियो ।
कार्यक्रममा सैनामैनाका वडा न १ देखि ११ सम्मका दलित समुदायको उपस्थिती रहेको थियोे । कार्यक्रम तदर्थ समितिका अध्यक्ष सुरज बरालको अध्यक्षता, सन्तोष परियारको स्वागत मन्तव्य तथा सञ्चारकर्मी सुरेन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया