१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

झुँगाका ध्रुव पौडेलद्धारा हरिको उपचारमा २० हजार सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
दुवै मृगौल पीडित बाणगंगा ४ झुँगाका हरि न्यौपानेलाई सहयोग जुटने क्रम जारी रहेको छ । मायादेवी रेडियो र अनलाइनले हरिको समस्यालाई प्राथमिकता दिएर खबर प्रकाशन प्रसारण गर्न सुरु गरेपछि उनलाई सहयोग गर्नेहरु बढ्न थालेका छन् ।

यसै क्रममा झुँगा स्थायी घर भई हाल दक्षिण कोरियामा रोजगारीको क्रममा रहेका ध्रुव पौडेलले २० हजार १ सय रुपैयाँ सहयोग गरेका छन् । उनले पठाएको रकम ध्रुवका बुबा खिमानन्द पौडेलले हरिकै घरमा लगेर हस्तान्तरण गर्नुभयो ।

छोरो ध्रुवले दाजु हरिलाई सहयोग गर्नू भनेर पठाइदिएको रकम लिएर हरिकै घरमा पुग्नू भनेपछि घरै आएर नगद सहयोग गरेको पौडेलले बताउनु भयो । हरि निकै समस्यामा भएकाले सहयोग गर्नु आफ्नो धर्म रहेको बताउँदै आवशयक पर्दा भोलीको दिनमा पनि सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।

सहयोग रकम ग्रहण गर्दै मृगौला पीडित हरि र आमा मनकला न्यौपानेले पौडेल परिवारलाई धन्यबाद दिनुभयो । २७ बर्षे हरि न्यौपानेले छिटो मृर्गौला प्रत्यारोपण गर्ने अवस्था रहेकाले आफूलाई जतिसक्दो चाँडो मोटो रकम जुटाउनु पर्ने बाध्यता रहेको बताइरहेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि विदेश गएर फर्केका हरिलाई एक्कासी मृगौलासम्बनिध समस्या आएको हो । बुबा र दाजुलाई गुमाएका हरिका दुवै मृगौलाले काम गर्दैनन् । अहिले आमा, श्रीमती र बहिनीको साहारामा हरि बाँचिरहनु भएको छ ।

उनीहरुको जग्गा जमिन पनि नभएको हुनाले मृर्गौलाको उपचारमा लाग्ने मोटो रकम जुटाउन सकस परिरहेको छ । सो परिवारलाई बिभिन्न संघसंस्था र ब्यक्तिले अहिले सहयोग गरिरहेका छन् । हरिको समस्यालाई मायादेवी अनलाइन र रेडियोले निकै प्राथमिकतामा राखेर खबर तथा सूचना सम्प्रेषण गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ५ : २९ बजे