काठमाडौं ।
संघीय संसद्को विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले लकडाउनको अवधिमा पनि मापदण्ड पुरा गरी अन्य पेशा, व्यवसाय सञ्चालन गर्न दिएजस्तै सोही मापदण्ड पूरा गरेर ट्याक्सी सेवा सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
त्यसैगरी बैठकले लकडाउनका बीच सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने भन्नेबारेमा अर्को बैठकमा कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिएमसी) र भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा यातायातसम्बद्ध मजदुर संगठन र यातायात व्यवसायीसँग छलफलपछि समितिले निर्देशन दिएको हो ।
प्रतिक्रिया