१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

माइतीघरमा प्रदर्शन ‘कि रोजगारी दे, कि कोरिया जान दे’



काठमाडौं ।
दक्षिण कोरियामा रोजगारीमा जान ईपीएस प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।
रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, गरि खान दे सरकार, ‘उडान खोली जान दे सरकार’, ‘प्रधानमन्त्रीज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ,‘काम रोक्न पाइँदैन, नालायक सरकार चाँहिदैन’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौ भने लाखौ बेरोजगार युवाहरुको भविष्य नविगार’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  १२ : ३५ बजे