काठमाडौं ।
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। असार २ मा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघुवंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएका थिए। जग्गाको कित्ताकाट गर्ने आदेश गराईदिए बापत उनीहरुले सेवाग्राहीसँग घुस लिएका थिए।
उनीहरुको बयानकै आधारमा अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको स्रोत बताउँछ। कर्मचारी पक्राउ परेपछि अधिकारीलाई डिल्लीबजार मालपोतबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा काज फिर्ता गरिएको थियो।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भने ‘हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिइरहन्छौं र अनुसन्धानका लागि नियन्त्रणमा लिएका व्यक्तिको बारेमा अख्तियारले सार्वजनिक गर्दैन।’ लकडाउन खुकुलो पार्ने निर्णयसँगै सामाखुसीको स्टार पार्टी प्यालेशबाट अधिकृत रघुवंश कँडेल, खरिदार दिपक खनाल, नासु उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई अख्तियारले पक्राउ गरेको थियो ।
प्रतिक्रिया