११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

लक्ष्मणघाटमा लाग्ने श्रावणी बोलबम मेला नहुने, जलार्पण यात्रा पनि स्थगन



मायादेवी अनलाइन, चार नम्बर ।
बोलबमको लागि नेपालमै चर्चित धाम बाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणघाटमा यस बर्ष जलार्पण यात्रा नहुने भएको छ । कोरोनाको कारण बिभिन्न स्थलहरुमा प्रभाव परिरहेको अवस्थामा यसको असर लक्ष्मणघाटमा पनि परेको हो । लक्ष्मणघाट बोलबम धाम विकास समितीका अध्यक्ष रणबहादुर काउचाको अध्यक्षतामा आज बसेको बैठकले श्रावणी जलार्पण यात्रा र बोलबम मेला लगायतका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

साउनसम्म स्थिति नसुध्रने पक्का हुने भएपछि आज बैठक बसी सो निर्णय गरिएको उहाँले बताउनु भयो । उहाँले यो निर्णयपछि भक्तजनप्रति पर्न गएको असुविधामाथि क्षमा माग्दै आ आफ्नै घरमा शिव पुजन–आराधना गरि मनाउन आग्रह गर्नु भएको छ ।

यो मेला जिल्लाकै निकै पुरानो मेला हो । यस मेलामा ठुलो धार्मिक आस्था जोडिएको छ । साउनमा बोलबमको बेला यस स्थानमा भक्तालुको निकै ठुलो भिँड लाग्ने गर्दछ । बोलबमका बेला लक्ष्मणघाटमा नेपालसहित भारतका बिभिन्न देशबाट तीर्थालुहरु आउने गर्दछन् । बोल बम मेला र जलार्पण नहुने भएपछि लाखौँको क्षति भएको काउचाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ६ : ५० बजे