मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको परिक्षण निशुल्क रहेको भन्दै परिक्षणका लागि कुनै पनि अस्पतालले अनुमति विना शुल्क लिन नपाउने बताउनुभएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस परिक्षण गर्न शुल्क मागेपछि मुख्यमन्त्री पोखेरलले यस्तो बताउनुभएको हो ।
सामाजिक संजालमा लेख्दै उहाँले परिक्षणका लागि शुल्क माग्नु र नमुना फिर्ता गर्नु गलत भएको समेत बताउनुभएको छ। उहाँले भन्नुभएको छ, ‘कुनै पनि प्रयोगशालाले नीति र मापदण्ड विपरित व्यक्ति वा स्थानीय तहवाट शुल्कको माग गर्नु र शुल्क नवुझाएको भनेर परिक्षणका लागि नमुना फिर्तागर्नु गलत हो ।’
उहाँले सबै प्रयोगशालाका लागि लाग्ने खर्चको व्यवस्थापन प्रदेश र केन्द्र सरकारको तर्फवाट भइरहेको जानकारी दिनुभएको छ। ‘प्रयोगशालाको परिक्षण खर्च उपलव्ध नभएको भए प्रदेश वा केन्द्र सरकारसंग विवरण खोलेर माग गर्न सकिन्छ’, उहाँले भन्नुभएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक कारण देखाउँदै निस्शुल्क परिक्षण गर्न नसकिने बताएको छ भने परिक्षणका लागि आएका स्वाब पनि फिर्ता गरेको छ । प्रतिष्ठानले स्वाब फिर्ता गरेपछि दाङका स्थानीय तहले स्वाब परिक्षण गर्न बाहिरी जिल्ला पठाउनु परेको छ । दुई वटा मेसिन जोडिएको प्रतिष्ठानमा परिक्षणको दायरा बढ्ने आशमा बसेका जिल्लावासीले प्रतिष्ठानको यस्तो कार्यको आलोचना गरेका छन् ।
यो पनि पढ्नुहोस् कोरोना परीक्षणको शुल्क बुझाउन प्रतिष्ठानले काट्यो पालिकालाई पत्र
प्रतिक्रिया