१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रुपन्देहीका एक बृद्धलाई कोरोनाले ज्यान लियो



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको देवहदका एक पुरुषको मृत्यु भएको छ । देवदहका ७५ वर्षीय वृद्धको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्षयरोगका बिरामी ति वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत असार १४ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर उनको उपचारका क्रममै १७ गते उनको मृत्यु भएको थियो ।

उनमा कोरोना संक्रमणको पुष्टि भने असार १८ गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ५ : ०० बजे