एजेन्सी ।
इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्टका लागि १३ सदस्सीय टिमको घोषणा गरेको छ । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शनिबार बेन स्टोक्सको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको हो ।
नियमित कप्तान जोय रुट घरायसी कामको कारण अनुपस्थित हुने भएपछि पहिलो टेष्टमा स्टोक्सले इंग्ल्यान्डको कप्तानी गर्न लागेका हुन् ।
अलराउन्डर स्टोक्स इंग्ल्यान्डको टेष्ट टिमको कप्तानी गर्ने ८१ औं कप्तान हुन् । टिममा जेम्स एण्डरसन, आर्चर जोफ्रा, डोमिनिक बेस, स्टुवार्ड बोर्ड, रोरी ब्रुन्स, जोस बट्लर, ज्याक क्रली,जोइ डेन्ली, ओली पेपे,डोम सिब्ली, क्रिस वाकोस् र मार्क उड रहेका छन् ।
इंग्ल्यान्डले जुलाई दोस्रो साताबाट वेस्ट इन्डिजसँग घरेलु भूमिमा टेष्ट सिरिज खेल्दैछ । दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।
यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ । इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ । सिरिज बन्द रंगशालामा हुनेछ ।
प्रतिक्रिया