११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाँकेमा थप पाँच जनामा कोरोना पुष्टि



नेपालगञ्ज ।
केही दिनपछि फेरि बाँकेमा कोरोना संक्रमित देखिएका छन् । भेरी अस्पताल, नेपालगञ्जको ल्याबमा गरिएको परीक्षणमा बाँकेमा पाँच जनामा कोरोना देखिएको हो ।
कोहलपुर नगरपालिकाका दुई जना, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका एकरएक जनामा कोरोना देखिएको अस्पतालले सार्वजनिक गरेको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ र १० नम्बर वडामा एकरएक जना, जानकी गाउँपालिकाको वडा नम्बर ३ मा एकजना, राप्तीसोनारी वडा नम्बर ७ मा एकजना र बैजनाथ गाउँपालिकाको वडा नम्बर २ मा एकजनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । २३ जना आइसोलेसन सेन्टरमा रहेकोमा शनिबार पाँच जना थपिएका छन् । फोकलपर्सन श्रेष्ठले बाँकेमा निकोदर ९२ प्रतिशत रहेको बताए ।
बाँकेमा लकडाउनको अवधिमा भारतबाट आठ हजार चार सय ६९ जना र तेस्रो मुलुकबाट २ सय ५ जना घर फर्किएका छन् ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ३ : ३५ बजे