बझाङ ।
बझाङमा पहिरोमा पुरिएकाहरुको उद्धारको लागि गएको नेपाली सेनाको गाडी दुघर्टनामा परेको छ । १५ जना बोकेको सेनाको जीप केदारस्युँ गाउँपालिकाको वागथलामा दुघर्टना हुँदा तीन जना घाइते भएका छन् । पहिरो गएको ठाउँ केदारस्युँको मल्लेखी जाने बाटो निकै खराब रहेकाले उद्धारकर्मी पुग्न अफ्ठ्यारो भइरहेको छ ।
पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।
त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
२० असार २०७७ शनिबार ००:००
0
Shares
प्रतिक्रिया