गोरखा ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट गोरखामा एक पुरुषको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको आज बिहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालका डा. मविन थापाले जानकारी दिनुभयो ।
उनी हिजो राति ९ः५५ बजे अस्पताल भर्ना भएका थिए । उनी डायविटिज रोगी रहेको समेत अस्पतालले जनाएको छ ।
उनी कतारबाट फर्किएका र परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । अहिले उनको अन्त्येष्टिका लागि आवश्यक तयारी भइरहेको छ ।
प्रतिक्रिया