एजेन्सी ।
म्यानचेस्टर सिटीका लिरोय साने जर्मन बुण्डेसलिगा फुटबल क्लब बार्यन म्युनिख गएका छन् । बार्यनसँग उनले पाँच वर्षको सम्झौता गरेका हुन् ।
२४ वर्षका सानेले प्रारम्भिक ४४.७ मिलियन पाउण्डमा सम्झौता गरेका हुन्, जुन ५४.८ मिलियन पाउण्डसम्म बृद्धि हुन सक्ने छ ।
साने सन् २०१६ मा शाल्केबाट सिटीमा ३७ मिलियन पाउण्डमा आएका हुन् । उनले सिटीमा रहँदा दुई पटक प्रिमियर लिग फुटबलको उपाधि जितेका छन् ।
सानेले भनेका छन्, ‘बार्यनबाट सम्भव भएसम्मका धेरै उपाधि जित्न चाहन्छु, र सबैभन्दा ठूलो प्राथमिकता पक्कै पनि च्याम्पियन्स लिगको उपाधि हुनेछ ।’
गएको सिजन सिटीले घरेलु तीन उपाधि जित्ने क्रममा उनको भूमिका महत्वपूर्ण थियो । तर यो सिजनको अधिकांश समय उनी चोटका कारण मैदान बाहिर रहे ।
प्रतिक्रिया