११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

यस्तो छ आज देशभरको मौसम



काठमाडौं ।
अहिले प्रदेश १ र २ मा ठूलो पानी परिरहेको छ । मनसुन थप सक्रिय भएकाले आज गण्डकी र प्रदेश ५ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेशसहित अरु ठाउँमा दिनभर बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा आज दिउँसो हिजो अस्तिको जस्तो घाम नलाग्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । भोलि र पर्सिको मौसम पनि यस्तै हुने अनुमान छ ।

यसैबीच ठूलो पानी पर्ने तराईका केही ठाउँमा डुबान र भिरालो ठाउँमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ८ : १३ बजे