११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

गुल्मीमा पहिरोः घाइतेहरुलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगियो



गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकाको मल्दीमा बिहीबार राति गएको पहिरोमा परि घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेर काठमाण्डौ लगिएको छ ।

पहिरोमा परेर घाइते भएका इस्मा गाउँपालिका १ का पाँच वर्षीय अयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुको उद्धार गरिएको हो ।

सांसद गोकर्ण विष्टको पहलमा हेलिकप्टर गुल्मी गएको हो । उहाँले पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेप्रति समवेदना प्रकट गर्नुभएको छ ।

पहिरोमा परेर इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिनाका छोरा सुरज सारु र निस्ती ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको छ भने होटलमा बास बस्नुभएका मुसिकोट नगरपालिका २ का भागीरथ घिमिरे बेपत्ता हुनुभएको छ । सांसद विष्टले पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरी फर्कनुभएको छ ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ५ : ३९ बजे