११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

ओलीले भने बुढा बुढा नलडौँ, युवा आए तुरुन्त छोड्छु, वृद्ध भत्ता खाएर बस्छु



काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक सबैलाई आश्चर्य पार्ने गरी अभिव्यक्ति दिएपछि पाका नेताहरमा खैलाबैला मच्चिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा पछिल्लो समय देखिएको विवादलाई लिएर शुक्रबार साँझ सरकारी निवास बालुवाटारमा युवा, विद्यार्थीसँग छलफल गर्ने क्रममा यो भनाई राखेका छन् । पाटन दरबार परिसरमा अनसनमा बसेर बिरामी परेपछि ह्‍याम्स अस्पतालमा भर्ना भएकालाई भेटेर बालुवाटार फर्किएपछि उनले नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गर्दै आफूभन्दा उत्कृष्ट नेता आएमा अहिल्यै पद छाड्न तयार बताए ।

राष्ट्रियता र जनतालाई म कहिले पनि धोका दिन्‍नँ, तपाईंहरु सबैजना ढुक्क भएर आफ्नो संगठनको काममा लाग्‍नू, कुनै चिन्ता नलिइ निर्भीक भएर काम गर्नू, पार्टी फुट्दैन। युवाविद्यार्थीका नेताहरुलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा निकालेपछि भारतले चौतर्फी घेराबन्दी गरेको बताए।

उनले अहिले बुढा बुढा नलडौँ भन्दै आफूभन्दा योग्य नेता आए तुरुन्त प्रधामन्त्री पद छोड्ने बताएका छन् । अब पार्टी र सरकारको पनि नेतृत्व युवा पुस्तालाई छाड्नुपर्छ। उनले आफू सरकार र पार्टीको नेतृत्वमा टाँसिएर बसिरहन इच्छुक नरहेको पनि बताएका थिए। म दुवै पद छाड्न तयार छु। तर मैले छोड्ने हुँदा मभन्दा उत्कृष्ट नेता आउनुपर्यो। होइन भने म नयाँ पुस्तालाई छाडिदिन्छुु, उनले भने, हामी नेतृत्वका सबैजनाले एकैचोटी रिटायर्डु हुन तयार हुनुपर्छ।


उनले २ घण्टा लामो संवादका क्रममा केही घरी आक्रोशित त घरी भावुक रुपमा प्रस्तुत भएका ओलीले युवाहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । उनले राष्ट्र र जनतालाई कहिल्यै धोका न दिने बताउँदै अब आफूले लिन केही नरहेको उल्लेख गरे। हाम्रो तर्फबाट राष्ट्र र जनतालाई धोका हुँदैन। मैले अब लिनु दिनु पनि केही छैन। घर पनि ट्रस्टलाई दिइसकेँ, ओलीले छलफलका क्रममा भने, अब त्यही घरमा बाँचुन्जेल बस्‍न पाऊँ भनेको छु। सम्पत्ति पनि मलाई चाहिएन। केही समयपछि मेरो वृद्ध भत्ता आउँदैछ, त्यही खान्छु। जीवनमा मैले फजुल खर्च गरेको छैन र अब मलाई लोभ पनि छैन।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  ६ : ०१ बजे