कानपुर ।
भारतको कानपुरमा केही अपराधीलाई पक्राउ गर्नेक्रममा भएको मुठभेडमा डीसीपीसहित आठजना प्रहरीको मृत्यु भएको छ ।
अपराधीले अन्धाधुन्ध गोली चलाउँदा आठ प्रहरीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।
राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, कानपुरका एक अपराधीलाई विकास दुवेलाई पक्राउ गर्न चौबेपुर प्रहरी थानाबाट प्रहरी दिकरु गाउँ गएका थिए । प्रहरीलाई रोक्नका लागि पहिले देखि नै बाटो बन्द गरेका थिए । प्रहरी त्यहाँ पुग्नेबित्तिकै अपराधीले घरको छतबाट फायरिङ गरेका थिए । जसमा एक डीसीपी देवेन्द्र मिश्र, तीन सब इन्सपेक्टर र चार जवानको मृत्यु भएको छ ।
विकास दुवेविरुद्ध विभिन्न ६० मुद्दा दर्ता गरिएका छन् । कानपुरका प्रहरी महानिरीक्षक मोहित अग्रवालले बीबीसीलाई जनाए अनुसार त्यहाँ सर्च अप्रेसन सुरु गरिसकेको छ । प्रहरीले चारैतर्फबाट गाउँ घेरिसकेको जनाइएको छ। ( बीबीसी )
१९ असार २०७७ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया