८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाघको आक्रमणबाट बर्दियामा दुई जना घाइते



बर्दिया ।
बाघको आक्रमणबाट आइतबार घाइते भएका राजापुर—१० लालपुरका दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कर्णाली नदीको बगरमा बस्दै आएका ३० वर्षीय मोहन थारु भैंसी चराउन सिमावर्ती भारतको कतारियाघाट वन्यजन्तु आरक्ष नजिक जाँदा बाघको आक्रमणमा गम्भीर घाइते भएका छन् ।

बाघको आक्रमणमा उनको दुवै पाखुरा पिठ्युमा चोट लागेको छ । बाघ धपाउन जाँदा स्थानीय ४५ वर्षीय दयाराम थारुको गर्दनमा गहिरो चोट लागेको छ । उनका कुम र शरीरका विभिन्न भागमा चिथोरिले गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले बताए ।

उनीहरुको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाघ धपाउन बर्दिया राष्ट्रिय निकुन्जबाट ६ वटा हात्ती परिचालन गरिएको प्रहरीले जनाएको छ । गत चैतयता बाघले तीन पटक कर्णाली तटिय क्षेत्रमा आक्रमण गर्दा चार जना घाइते भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ४ : ५१ बजे