८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना भाइरसः विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार नाघ्यो



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ९५ हजार ७६० पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ । यता, विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमितको संख्या ९८ लाख ४३ हजार ७३ जना पुगेको छ ।

आइतबार विश्वभर १ लाख ८९ हजार ७७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : १३ बजे