८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्घाखाँचीमा तीन सन्तानसहित नदीमा हामफालेका चारैजनाको जीवितै उद्धार



अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको पाणिनी ३ खिदिममा श्रीमान श्रीमतीबीच झगडा हुँदा ३ जना छोराछोरीसहित खोलामा हाम फालेकी महिलासहित चारै जनाको जीवितै उद्दार गरिएको छ ।

पाणिनी ३ खिदिम निवासी सुवास नेपालीले मदिरा सेवन गरी परिवारसँग झगडा गरेपछि रिसको झोकमा उनकी २५ वर्षीया श्रीमती पविता नेपालीले आफ्नो १८ महिनाको दूधे बालक विष्णु नेपालीलाई काखीमा च्यापेर अन्य ६ वर्षीय छोरी टीका नेपाली र ४ वर्षीय छोरा चरण नेपालीसँगै घर नजिकैको चौरेखोलामा हाम फालेकी थिइन् ।

छोराछोरीसहित हामफोलेको देखिपछि स्थानीयवासीले खोलामा बग्दै गरेको अवस्थामा जीवितै उद्दार गरेका थिए । घाइते उनीहरुको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी सूचना अधिकारी प्रकाश खत्रीले बताए ।

झगडा हुनुको कारण र थप घटनाको बारेमा खिदिम प्रहरी कार्यालयमा छलफल हुने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ५ : ५५ बजे