मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोना भाइरस जित्ने ५ सय ९२ पुगेका छन् । शनिबार विहानसम्म ७ सय ८ जनामा संक्रमण पुष्टि भएको जिल्लामा यति धेरै संख्यामा कोरोना जित्ने पुगेका हुन् । अहिले जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका र छिमेकी जिल्लाका आइसोलेसनमा गरी १ सय १६ जना उपचाररत छन् ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिका कोरोना मुक्त भैसकेको छ । जिल्लाका अरु नौ स्थानीय तह मध्ये मायादेवी गाउँपालिकामा सबै भन्दा बढी ३६ संक्रमित उपचाररत छन् । जसमा पुरुष २६ जना र महिला १० जना रहेका छन् ।
यस्तै वाणगंगा नगरपालिका र कपिलवस्तुका नगरपालिकामा २३÷२३ जना संक्रमितले उपचार गराईरहेका छन् ।
यसैगरी शिवराज नगरपालिकामा १६ जना, विजयनगर गाउँपालिकामा १० जना, बुद्धभूमि नगरपालिकामा ५ जना, कृष्णनगर र शुद्धोधन गाउँपालिकामा एक एक जना संक्रमित उपचाररत रहेका छन् । महाराजगञ्ज नगरपालिकामा सबै संक्रमित निको भएर घर फर्किएका छन् । यद्यपि यस नगरपालिकाका क्वारेनटाइनमा भने ३२ जना रहेका छन् ।
प्रतिक्रिया