८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

१० स्थानीय तह मध्ये तीन तहका क्वारेनटाइन रित्ता, सबैभन्दा बढी वाणगंगामा



मायादेवी अनलाइन, चार नम्बर ।
कुनै समय १५ हजारको हारहारीमा रहेका क्वारेनटाइनमा बस्नेहरु कपिलवस्तुमा घटेर ५ सय ८४ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो कोरोना सम्बन्धि स्वास्थ्य निर्देशिका र भारतबाट आउनेहरुको संख्यामा कमी आएपछि क्वारेनटाइनमा घट्ने जिल्लामा घटेका हुन् ।

प्रदेश नं. ५ मा सबैभन्दा बढी ७ सय ५ जना कोरोना संक्रमित रहेका जिल्लामा पीसीआर परिक्षणको दर भने सुस्तै गतिमा छ । कोरोनाको नमुना परिक्षणको प्रयोगशाला नभएको जिल्लामा ६ सय ६ जना कोरोनाको रिपोर्टको पखाईमा रहेका छन् । यस्तो पखाईमा रहने सबैभन्दा बढी शिवराज नगरपालिकाका रहेका छन् । उनीहरु २ सय १४ जना रहेका छन् ।

जिल्लाका १० स्थानीय तह मध्ये कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकामा एक जना पनि क्वारेनटाइनमा रहेका छैनन् भने वाणगंगा नगरपालिकाका सबैभन्दा बढी १ सय ८२ जना क्वारेनटाइनमा रहेका छन् । ८३ जनाको नमुना परिक्षण भैसकेको छ भने उनीहरु कोरोनाको रिपोर्ट पखाई गरी बसेका छन् ।

वाणगंगा पछि बुद्धभूमि नगरपालिकामा १ सय ५० जना क्वारेनटाइनमा रहेका छन् । यस्तै विजयनगर गाउँपालिकामा ७० जना, शुद्धोधन गाउँपालिकामा ६२ जना, शिवराज नगरपालिकामा ४८ जना, कपिलवस्तु नगरपालिकामा ४० जना र महाराजगञ्ज नगरपालिकामा ३२ जना क्वारेनटाइनमा रहेका छन् ।

शुक्रबार जिल्लामा कसैको पीसीआर विधिबाट स्वा संकलन भएन भने आरडिटी विधिबाट ४२ जनाको कोरोना जाँच भएको छ । जसमा विजयनगर गाउँपालिकामा ३२ जना र कपिलवस्तु नगरपालिकामा १० जनाको कोरोना परिक्षण भएको छ ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ६ : ०१ बजे