मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको यशोधरा गाउँपालिका कोरोना मुक्त भएको छ । जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको भारतीय सीमावर्ती यशोधरा गाउँपालिका कोरोना संक्रमण मुक्त भएको हो ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले शुक्रबार दिएको जानकारी अनुसार यशोधरा गाउँपालिकाका सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै गाउँपालिकाले तयार पारेका क्वारेनटाइन बेड रित्ता छन् भने कोरोनाको रिपोर्ट आउँन कसैको बाँकी छैन् ।
कुनै समय जिल्लामा सबैभन्दा बढी १ सय ६८ जना संक्रमित यशोधरामा थिए । यस्तै क्वारेनटाइनमा बस्नेको संख्या पनि सबैभन्दा बढी थियो । यहाँ १५ सय बेड क्षमताको क्वारेनटाइन निर्माण गरिएको थियो ।
तर, शुक्रबार साँझसम्मको तथ्याङ्क अनुसार यशोधरा कोरोनाबाट मुक्त भएको हो ।
प्रतिक्रिया