काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो ।
‘मूल्याङ्कन गर्न बोर्डले कार्यविधि बनाइसकेको छ,’ परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यार्थीको मूल्याङ्कन विवरण छिटो आयो भने साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेका छौँ । साउनभित्रमा प्रमाणपत्र दिने भनिएको हो ।’ अहिलेसम्म विद्यालयले मूल्याङ्कन विवरण नपठाएको अध्यक्ष पौडेलले बताए ।
‘जिल्ला विकास तथा समन्वय इकाइलाई यो महिनाभित्र र विद्यालयलाई यही २० गतेभित्र विवरण पठाउन भनेका छौँ,’ उनले भने, ‘काठमाडौंकै विद्यालयले आजभोलि नै पठाए हुने । अहिलेसम्म पठाएका छैनन् । विद्यालयले जति छिटो पठाउँछन्, त्यति नै चाँडो नतिजा सार्वजनिक हुन्छ । विद्यालयले पठाउन ढिला गरे नजिता पनि ढिलै हुन्छ ।’
प्रतिक्रिया