मोरङ ।
प्रदेश १ बाट आज ७० जना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका डिन डा. शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गर्नुभयोे ।
७० जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना सङ्क्रमित थपिएका छन् ।
प्रदेश १ मा सङ्क्रमितको संख्या ५ सय ३ पुगेको छ ।
१२ असार २०७७ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया