१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पछिल्लो २४ घण्टामा भारतमा १७ हजार २९६ सङ्क्रमित थपिए



काठमाण्डौ ।
पछिल्लो केही हप्तायता भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको दर लगातार बढिरहेको छ ।
बिहीबार एकैदिन १७ हजार दुई सय ९६ जनामा सङ्क्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार सङ्क्रमण पुष्टि भएकासँगै भारतमा सङ्क्रमितको कुल सङ्ख्या चार लाख ९० हजार चार सय एक पुगेको छ ।
सङ्क्रमितमध्ये दुई लाख ८५ हजार ६ सय ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै एक लाख ८९ हजार चार सय ६३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै बिहीबार कोरोना सङ्क्रमणको कारण चार सय सात जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सङ्क्रमणको कारण अहिलेसम्म १५ हजार तीन सय एक जनाको ज्यान गएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) को तर्फबाट जारी गरिएको तथ्याङ्क अनुसार अहिलेसम्म देशभरि ७७ लाख ७६ हजार जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई लाख १५ हजार चार सय ४६ जनाको नमुना सङ्कलन गरिएको आईसीएमआरले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  १ : २७ बजे