१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना भाइरसः विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार १३३ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।

यता, विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमितको संख्या ९२ लाख ९६ हजार २०२ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  ६ : २३ बजे