९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

यस्तो छ शिवराज नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम



मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवराज नगरपालिकाले कृषि, उद्योग, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर आव २०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीले सातौं नगरसभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिएको उल्लेख छ । विश्व कोरोना भाइरसको महामारीमा जुधिरहेको संकटको अवस्थामा पूर्वाधार निर्माणलाई निरन्तरता दिदै कृषिमा विशेष जोड दिएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा विशेष गरी कोभिड १९ को असरमा परेका बेरोजगार व्यक्तिहरुलाई विकास निर्माणमाको कार्यमा सहभागि गराईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक बर्षमा पर्यटन प्रर्बद्धनलाई बढावा दिदै आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने कार्यक्रम समाबेश गरिएको छ । नगरपालिकाको पहिचानको रुपमा रहेको शिवगढी सोनवा गढ मन्दिर क्षेत्रको बृह्तर विकासका लागि गुरुयोजना निर्माण गरी पर्यटन प्रर्वद्धनमा विशेष जोड दिइने छ ।

सार्वजनिक निजि, सहकारी साझेदारीको अवधारणा अवलम्वन मार्फत आधुनिक पर्यटन पूर्वाधारको विकास गने, नगरको धार्मिक साँस्कृतिक विविधताको संरक्षण एवं प्रचार प्रसार गरी पर्यटन मैत्री बनाउने, नीजि क्षेत्रबाट आयोजना हुन लागेको केवल कार योजना प्रति पनि नगरपालिका सकारात्मक रुपमा रहेको र सोका लागी नितिगत रुपमा सहयोग गरिने, सम्पूर्ण धर्म जात जाती मौलिकता संरक्षणका लागि उनीहरुको भेषभुषा पोषाक रितिरिवाज संरक्षण गर्न आवश्यक कदम चालिने योजना रहेको प्रमुख अधिकारीले बताउनु भयो

नगरको निति तथा कार्यक्रममा सामाजिक विकास नितिमा विद्यालयको शैक्षिक र भौतिक सुधार बालबालिका विद्यालय प्रवेशको आधार भन्ने नारा सहित विद्यालय शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने छ ।

स्वास्थ्य तर्फ नगरका नागरिकहरुको स्वस्थ्यमा विशेष ध्यान दिई ८० वर्ष माथिका नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच, नगरपालिकाले मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि दुई स्थानमा मनोपरामर्श ईकाई व्यवस्थापन गर्ने, महिला स्वास्थ्य स्वेयसेविकालाई ५ लाखको दुर्घटना बिमा गराउने,“बच्चा जन्माउने कहाँ ? वर्थिङ्ग सेन्टर जहाँ” अभियान प्रभावकारी संचालन गर्ने, विरपुर स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने कार्यक्रम रहेको छ ।

बुधबारबाट सुरु भएको सातौं नगर सभाबाट निति तथा कार्यक्रम पास गरे पछि बजेट घोषणा गरिनेछ । नगर प्रमखले निति तथा कार्यक्रम प्रस्तुत गरेर सभाबाट पास गरे पछि उप प्रमुख शिवकुमारी चौधरीले बजेट घोषणा गर्ने कार्यक्रम रहने सातौं नगर सभा संचालक प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ६ : ५७ बजे