मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ ले अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर वितरण गरेको छ ।
वडाको लक्षित कार्यक्रम अन्तरगत वडा भित्र रहेका अति प्राथमिकतामा परेका ३ जनालाई ह्वील चियर वितरण गरिएको वडा अध्यक्ष बालकुमारी पन्थले जानकारी दिनुभयो ।
दुर्गा मन्दिर बैरियामा आयोजित ह्वील चियर वितरण कार्यक्रममा वडा स्तरीय अपाङ्गता समिति, टोल विकास संस्था, उपभोक्ता, लाभान्वित व्यक्तिको सहभागीता रहेको थियो । वडामा अपाङ्गता भएका व्यक्तिको संख्या धेरै भएपनि ५० हजार बजेटबाट ३ जनालाई ह्वील चियर र एक जनालाई स्टीक सहयोग गरिएको छ ।
वडाले विगतका वर्षदेखि नै अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहयोग गर्दै आएको छ । वडाले आउने वर्षमा पनि अपाङ्गताको क्षेत्रमा कार्यक्रम समावेश गरेको बताउदै विभिन्न निकायसंग सहकार्य गर्ने वडा अध्यक्ष बालकुमारी पन्थले जानकारी दिनुभयो ।
प्रतिक्रिया