प्रिन्स मिश्रा, कृष्णनगर ।
इलाका प्रहरी कार्यालय बहादुरगञ्जले अवैद्य कुखुरा बरामद गरेको छ । इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध कुखुरा बरामद गरेको हो ।
कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरगंज चोकबाट अबैध कुखुरा बरामद गरी इप्रका बहादुरगंजको कम्पाउण्डमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरिक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।
बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राम मिलन चौधरी, प्रहरी, पत्रकार, सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ ।
बरामद कुखुरा १ लाख ३० हजार बराबरको रहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जानकारी दिएको छ ।
आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवालासंग निरन्तर छलफल गरिरहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया