मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु अस्पताललाई ३ लाख मुल्यको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । युनएनएफपीएले अस्पताललाई आकस्मिकरुपमा प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
युनएनएफपीएका जिल्ला संयोजक चित्र महतोले सो सामग्री अस्पतालका मेसु किशोर बन्जाडेलाई हस्तान्तरण गरेका थिए ।
जबरजस्तीकरणी घटनामा प्रयोग गरिने ५५ थान रेप किट, परिवार नियोजनका आकस्मिक साधनहरु तथा यौन रोगका किटहरु प्रदान गरिएको थियो ।
सो अवसरमा मेसु बन्जाडेले आकस्मिकरुपमा प्रयोग आउने सामग्रीले पीडीत र हिंसामा परेकाहरुको जाँच र उपचारमा सहयोगी हुने बताए ।
कार्यक्रम संयोजक महतोले लकडाउनका बेला महिला हिंसामा परेकाहरुको स्वास्थ्य जाँच लगायतमा प्रयोग हुने गरी सो सामग्री उपलब्ध गराएको बताए ।
प्रतिक्रिया