८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

जनता समाजवादी कपिलवस्तुले गर्‍यो तौलिहवामा प्रर्दशन



मायादेवी अनलाइन, चार नम्बर ।
बैबाहिक अंगिकृत नागरिकता तत्काल पाउनुपर्ने माग राख्दै जनता समाजवादी पार्टीले मंगलबार सदरमुकाम तौलिहवामा प्रर्दशन गरेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट ७ बर्ष पछि मात्र बैबाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था बहुमतले पारित भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले विहे गरेको ७ बर्ष पछि मात्र बैवाहिक अंगिकृत नागरिक दिनुपर्ने अडान राख्दै आएको थियो । संसदीय समितिमा नेकपाको बहुमत रहेको कारण नेकपाकै निर्णय पारित भएको छ ।

Image may contain: Sandeep Pandey, crowd and outdoor

७ बर्षे प्रावधानको विरोध गर्दै जनता समाजवादी पार्टीले कपिलवस्तु सदरमुकाम तौलिहवामा मंगलबार विरोध प्रर्दशन गरेको हो ।

Image may contain: 4 people, people standing and outdoor

विरोध सभामा बोल्ने नेताहरुले ७ बर्ष पछि नागरिकता पाउने निर्णय तत्काल सच्चाउन माग गरेका छन् । जसपाका नेता नारायण खनाल, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, रविदत्त मिश्र, अब्दुल रसिद खाँ लगायतले बोल्दै निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभएको हो ।

Image may contain: 5 people, people standing, crowd and outdoor

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ५ : २९ बजे