१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि



पोखरा ।
गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५ सय ९३ पुगेको छ ।

सोमबार रातिसम्म गण्डकी प्रदेशमा तनहुँमा १७ जना, स्याङजामा ९ जना, बाग्लुङमा ८ जना गोर्खामा ११ जना, लम्जुङमा ५ जना, पर्बत, नबलपुर र कास्कीमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु ७ देखी ५७ बर्ष उमेर समुहका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा अहिले सम्म ७० जना कोरोनालाई जितेर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ११ : ३४ बजे