६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

प्रिमियर लिगः सिटीको सानदार जित, २ खेलाडीको चार गोल



एजेन्सी ।

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले हराएको हो ।सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले समान दुई दुई गोल गरे ।

फिल फोडिनले २२ औं मिनेटमा सिटीलाई अग्रता दिलाए । रियाद महरेजले ४३ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाउने काम गरे । पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई ३–० ले अघि बढाएका थिए ।डेभिड सिल्भाले ५१ औं मिनेटमा सिटीका लागि पाँचौ गोल गरे । फोडिनले ६३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।

सिटीको जितसंगै शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ ।लिगमा ८ चरणको खेल बाँकी रहदाँ सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ । साविक विजेता सिटीले अंक गुमाएको खण्डमा लिभरपुलले बुधबार एनफिल्डमा क्रिस्टल प्यालेसलाई हराउँदै उपाधि उचाल्ने सम्भावना थियो ।

सिटी ६३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुल ८३ अंक सहित पहिलो स्थानमा छ । वर्नली ३९ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ८ : ३४ बजे