काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन मसान्तमा गर्ने निर्णय भएको छ ।
आइतबार महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण सभा गराउने निर्णय गरेको थियो । दाधिकारी बैठकले गरेको निर्णयलाई सोमबार कार्यसमिति बैठकले अनुमोदन गर्ने महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
चैतमा नै साधारणसभा गर्नु पर्नेमा कोभिड(१९ को महामारीका कारण मिति सारिएको थियो । जेठमा गर्ने भनिएको साधारणमा जेठमा पनि सम्भव भएन । त्यसपछि भएको तीव्र छलफलपछि साउन अन्तिम साता गर्ने सहमति जुटेको हो ।
साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदहरुका लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किसोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
८ असार २०७७ सोमबार ००:००
0
Shares
प्रतिक्रिया